शिक्षा

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीको कपाल,नमान्ने कक्षा कोठाबाट निष्कासन

Banner

जुम्ला,असार २८-

जुम्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् । जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकोठाभित्रै चार जना विद्यार्थीको कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

विद्यालयका प्रधानाध्यापक रामभजन यादव स्वयंले विद्यार्थीको कपाल काटेको भिडियो विद्यालय आफैले पोष्ट गरेको थियो । प्रधानाध्यापक यादवले विद्यार्थीलाई कपाल नकाटेको भन्दै सजाय स्वरुप कक्षाकोठामा कपाल काटिएको बताउनुभयो । विद्यालयले अनुशासन पालना गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि बोलिरहेको सुनिन्छ । उनले त्यहाँ बिचैमा टाटेपाटे बनाइदिनुपर्छ भनिरहेका छन् । विद्यालयका एक विद्यार्थीले कपाल काट्न भने अटेरी गरेको देखिन्छ । ४ जनाको कपाल कक्षाकोठाभित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निष्कासन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>