राजनीति

७ वर्षदेखि हतियार खरिद नहुँदा चरम अभाव झेल्नु परेको छः नेपाल प्रहरी

Banner

काठमाडौं,असार २८

नेपाल प्रहरीले हात–हतियारको चरम अभाव झेल्नु परेको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै हातहतियार खरिदको विषयमा केही सञ्चार माध्यममा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पछिल्लो ७ वर्षदेखि हात हतियार खरिद नगर्दा चरम अभाव झेल्नु परेको प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता टेकप्रसाद राईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले हातहतियार खरिदका लागि नेपाल प्रहरीलाई बजेट विनियोजन गरेपछि खरिद प्रक्रिया अगाडि बढाएको छ।

नेपाल प्रहरीमा दरबन्दी थपिएको तर हतियार नथपिँदा समस्या भएको उल्लेख छ। ‘समय समयमा जनधनको क्षति हुने, शान्ति र अमन चयन खलबल्याउने प्रकृतिका दंगा फसाद, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी आम नागरिकमा सुरक्षाको थप अनुभुति दिलाउन प्रयोग हुँदै आएको कम घातक हात हतियार, छोटो दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलहरुको आवश्यकता रहँदै आएको छ’, प्रहरीको विज्ञप्तिमा भनिएको छ।

मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने, पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियारलाई क्रमशः विस्थापन गरी प्रयोग मिति समाप्त भएका ग्याँस सेलको प्रयोगमा प्रश्न उठ्न सक्ने भएकाले नयाँ खरिद गर्नु परेको प्रहरीको प्रस्टिकरण छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>