राजनीति
नेपाल ढिलो-चाँडो पुग्ने श्रीलंकाकै स्थितिमा होः नारायणकाजी श्रेष्ठ
०

काठमाडौं,असार,२६-
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गर्न आह्वान गरेका छन् ।
‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सहि नै हो’, सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























