Breaking News

चितवनमा फेरि देखिन थाल्यो कोरोना संक्रमण, सावधानी अपनाउन चिकित्सकको आग्रह

Banner

चितवन, असार २६-

चितवनमा फेरि कोरोनाको संक्रमण देखिन थालेको छ ।

झण्डै एक वर्षसम्म नदेखिएको कोरोना संक्रमण फेरि देखिन थालेको हो । कोरोना देखिएसँगै स्वास्थ्य सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराउने तथ्यांकअनुसार असार २२ गते एक जना, असार २४ गते एक जना र २५ गते एक जनामा संक्रमण देखिएको हो ।

ती तीन जनामा एक जना रत्ननगर र दुई जना भरतपुरका रहेका छन् । वैदेशिक रोजगारीमा जानको लागि परीक्षण गर्नको लागि भरतपुर अस्पताल पुगेका उनीहरुमा संक्रमण देखिएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनीहरु तीन जना नै आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । चितवनमा संक्रमण देखिन थालेसँगै स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

डा पौडेलले चितवनमा भेटिएको कोरोनाको प्रजाति नयाँ भेरियन्ट भने नभएको बताए । उनले भने, ‘ भारतमा र काठमाडौँमा पनि कोरोना संक्रमण बढ्दै गएकोले सबैले स्वास्थ्य सावधानी अपनाउनुपर्छ । फेरि चितवनमा संक्रमण बढ्न लाएको जस्तो देखिएको छ ।’ उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन अपिल गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>