राजनीति

कांग्रेस हाम्रो बुई चढेर सत्तामा पुगेको हो, हामीलाई धन्यवाद देओस्ः माधवकुमार नेपाल

Banner

काठमाडौं,असार २५-

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस आफूहरुको बुई चढेर यो अवस्थामा आएको टिप्पणी गरेका छन् । बुटवलमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफुहरुकै कारण कांग्रेस सत्तामा पुगेको बताए।

‘कसैले कांग्रेसको बुई चढ्यो भन्छन्, कसैले कांग्रेसलाई बुई चढाउनुभयो पनि भन्छन् । कसको बुईमा को चढ्यो भन्ने कुरा सबैको आ–आफ्नो नजरिया हो।’ नेपालले भने, हामी हातेमालो गर्दै अघि बढेका छौं, सत्य चाहिँ के हो भने जो माथिल्लो पदमा पुगेको छ, जसले बढी फाइदा लिएको छ, उसले अरुको बुई चढेको अर्थ लाग्नेछ । हाम्रै जिउ बलियै रहेछ । मान्छेहरु हाम्रो बुई चढेर अगाडि बढ्न पुगेका छन्। कहिले हामी पनि अरुको बुईमा चढेकै हो। बुईको ब्याख्या गर्दा जो माथि पुग्छ । उसले अरुको बुई चढेको हो।

उनले आफूले गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई प्रधानमन्त्री बनाएको र गिरिजाबाबुले पनि पछि आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गरे। अहिले आफूहरुले पहल नगरेको भए कांग्रेस सरकारमा पुग्न नसक्ने उनको तर्क छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>