राजनीति
काठमाडौं महानगरले र्यापर यमबुद्धको शालिक बनाउन १५ लाख बजेट छुट्यायो
०

काठमाडौं, असार २५-
काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्यापर यमबुद्धको शालिक बनाउने भएका छन्। पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।
उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए।
शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























