Breaking News

प्रचण्डले परिवारबाटै चारजनालाई पोलिटव्युरो सदस्य बनाएको भन्दै विरोध

Banner

काठमाडौं, असार २३-

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय सदस्य बैठकमा पोलिटव्युरोमा परिवारकै सदस्यको नाम राखेको भन्दै व्यापक विरोध भएको छ ।
अध्यक्ष प्रचण्डले पेश गरेको नाम मापदण्डविना आएको भन्दै हलबाट विरोध भएको हो ।

विरोधका कारण केहीबेर बैठक अवरुद्ध भयो । प्रस्तावित नामप्रति नेतृत्व नै अलमलमा परेका बेला हलबाट मापदण्डमाथि प्रश्न उठाइएपछि पारित हुन सकेको छैन । प्रस्तावित नाम र विनामापदण्ड बनेको कमिटीबाट निराशा फैलिएको बैठकका सहभागीले गुनासो गरेका छन् । मधेस प्रदेशबाट सबैभन्दा बढी विरोध भएको छ । शिवकुमार यादवलगायतले एमालेबाट २०५८ मै विद्रोह गरेकालाई अहिलेसम्म विभेद गरिएकै कारण आज एमाले बलियो बनेको र माओवादी कमजोर बनेको बताए ।

सदस्यहरुले मापदण्ड के हो भनेर प्रश्न गरेका छन् । यसैबीच पोलिटव्युरोमा अध्यक्ष प्रचण्डको परिवारबाट चार सदस्य परेका छन् । प्रचण्डसहित छोरी रेनु दाहाल, बुहारी वीना मगर र भाइ नारायण दाहाल पोलिटव्युरो सदस्य बनेका छन् । अर्की छोरी गंगा दाहाल र ज्वाइँ जीवन भने केन्द्रीय सदस्य पहिलोपटक बनेका छन् । बैठकमा विवाद बढेपछि अध्यक्ष प्रचण्डले अन्तिम नामावली तय गर्न एक घण्टालाई बैठक स्थगित गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>