राजनीति

जनार्दन शर्माविरुद्ध राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले अख्तियारमा उजुरी दर्ता गर्ने

Banner

काठमाडौं,असार २२-

आजै पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीले ‘माथिको आदेश’ भन्दै शर्माविरुद्धको जाहेरी दर्ता गर्न नमानेको जानकारी दिए।

प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि आफूहरु भोलि जाहेरी लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने बताए। उनले भने, ‘प्रहरीले जनार्दन शर्माविरुद्धको जाहेरी दर्ता गर्न मानेन। हामी जाहेरी लिएर भोलि अख्तियार जान्छौँ।’शाही शर्मासहित ८ जनाविरुद्ध जाहेरी लिएर बुधबार दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए।

राज्यविरुद्धको कसुर गरेको, विद्युतीय कारोबार ऐनविरुद्धको कसुर गरेको र भ्रष्टाचार कसुर गरेको भन्दै शाही जाहेरी दर्ता गराउन पुगेका थिए। बजेट निर्माणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको, अर्थमन्त्रालयको सिसीटिभी फुटेज डिलेट गरेको भन्दै चौतर्फी विरोध भएपछि शर्माले आजै पदबाट राजीनामा दिएका छन्। उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>