राजनीति

अहिलेसम्मकै राम्रो बजेट ल्याएँ,मैले किन राजिनामा दिने ? अर्थमन्त्री जनार्दन शर्मा

Banner

काठमाडौं,असार २२-

अर्थमन्त्री जनार्दन शमाले आफूले अहिलेसम्मकै राम्रो बजेट ल्याएको दाबी गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटीलाई ब्रिफिङ गराउँदै उनले यस्तो दाबी गरेका हुन् । आज नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी कमिटीको बैठकमा उनले यस्तो बताएको एक नेताले जानकारी दिए । अर्थमन्त्री शर्मामाथि बजेट घोषणाअघि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि माओवादीले सोही विषयमा छलफल गरेको हो ।

बैठकमा अर्थमन्त्रीको भनाइ उदृत गर्दै एक नेताले भने, “मैले अहिलेसम्मकै राम्रो बजेट ल्याएको छु । राष्ट्र र जनतालाई ध्यानमा राखेको छु । पार्टीको लाइनभन्दा दायाँ बाँया गएको छैन । म विरुद्ध षड्यन्त्र भइरहेको छ । मैले किन राजिनामा दिने । ”सोही प्रकरणमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ गराइएको आरोपसमेत अर्थमन्त्रीमाथि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>