अपराध
तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
०

तनहुँ, असार २१-
आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























