राजनीति

दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडि बढ्ने: गभर्नर अधिकारी

Banner

कास्की, असार १८–
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयो । उहाँले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताउनुभयो । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

‘कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको छ, डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था आउँदैनु, उहाँले भन्नुभयो, ‘अहिले विश्वमा करिब ९० देशमा भन्दा बढी देशले अध्ययन गरिरहेको छन् । डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक पनि क्रमिक रूपमा जानेछ ।’

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसको विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिनुभयो ।

गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने बताउनुभयो । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको पनि उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>