राजनीति
उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता
०

काठमाडौँ,असार १७-
जसपाबाट बाहिरिने तयारीमा रहेका बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेर पार्टीबाट निकाल्ने योजना बनाएपछि बाबुरामले प्रचण्डसँग भेटवार्ता गरेका बुझिएको छ । पछिल्लो समय प्रचण्डले पूर्व माओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् ।
सोही कारण प्रचण्ड र बाबुरामबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























