चितवन विशेष

एमबीबीएसको तयारी अब चितवनमै,निम्स काठमाडौँ बागबजारको शाखा भरतपुरमा खुल्यो

Banner

चितवन, जेठ २६-

एमबीबीएस तयारी कक्षाका लागि चर्चित इन्स्यिच्युट निम्स काठमाठौँ बागबजारको शाखा चितवनमा खुलेको छ । चितवनका विद्यार्थी एमबीबीएसको तयारी गर्न काठमाडौँ जानुपर्ने बाध्यता हटाउन चितवनमा निम्सको शाखा खोलिएको हो । भरतपुरको निको बाल अस्पताल पछाडि रहेको निम्सले एमबीबीएससँगै भेटेरिनरी, कृषि विषयमा तयारी कक्षाहरु सञ्चालनको तयारी गरेको छ ।

निस्सका चितवन शाखा निर्देशक श्रीकृष्ण अधिकारीले विश्वविद्यालयका प्राविधिक विषयका तयारीसँगसँगै शिक्षक सेवा आयोगका विभिन्न तयारी कक्षाहरु पनि सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने, ‘आगामी आइतबारबाट भेटिरीनरी, कृषि, एमबीबीएसको तयारी कक्षा सुरु हुँदै छ । विद्यार्थीहरुले समयमा नै नाम दर्ता गर्नुहोला ।’ निम्सले विद्यार्थीहरुलाई प्रत्येक हप्ता परीक्षा लिनुका साथै सन्दर्भ पुस्तकहरु निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । निम्स काठमाडौँका अनुभवी प्राध्यापकहरु आएर कक्षा लिने व्यवस्था पनि गरिएको निर्देशक अधिकारीले जानकारी दिए । त्यसैगरी विद्यार्थीहरुलाई निःशुल्क अनलाइन फर्म भर्ने व्यवस्था गर्नुका साथै इन्सिच्युटबाट नै प्रवेशपत्र पाउने व्यवस्था गरिएको छ ।

यस्तै निम्स चितवनका अर्का निर्देशक पदमप्रसाद न्यौपानेले एचए, फार्मेसी, स्टार्फ नर्स र ब्रिज कोर्सका कक्षाहरु अहिले नियमित संचालन भइरहेको जानकारी दिनुभयो । अहिले निमाबी अध्यापन अनुमती पत्रको विशेष तयारी कक्षाहरु संचालन भइरहेको छ,यसका लागि विद्यार्थीहरु आउनेक्रम जारी छ । उहाँले निम्स चितवनले शान्त र शैक्षिक वातावरणमा अध्यायन अध्यापनको काम गर्ने भन्दै ढुक्क भएर आफ्ना छोराछोरीलाई भर्ना गर्न न्यौपानेले अभिभावकलाई आग्रह गर्नुभयो । निम्स चितवनले विषय विशेषज्ञहरुलाई साथमा लिएर गुणस्तरिय शिक्षा प्रदान गर्ने भएकाले काठमाडौं भन्दापनि राम्रो नतिजा दिने न्यौपानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>