चितवन विशेष

भरतपुरमा प्रयोगहिन टायरबाट मनग्य आम्दानी गर्दै न्यौपाने

Banner

प्रतिमा कुमाल

चितवन, जेठ २५

भरतपुरका एक युवाले थोत्रो टायरलाई आफ्नो आम्दानीको स्रोत बनाएका छन् ।

वैदेशिक रोजगारीदेखि चिया पसलसम्म अनुभव संगालेका अमृत न्यौपानेले फ्याँकिएका तथा प्रयोगमा नआउने टायरबाट विभिन्न सामग्री बनाएर आम्दानीको स्रोत बनाएका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीका ३५ वर्षीय न्यौपानेले यो पेसा अंगालेको पाँच महिना भएको छ । उनले प्रयोग हिन सवारीसाधनका टायरलाई पूनः प्रयोगमा ल्याई घडी, बस्ने कुर्चीलगायत बनाउने गरेका छन् । चिया पसलमा राखेको घडी बिग्रिएपछि त्यसलाई मोडिफाई गरेर टायरको घडी बनाएका उनले यसलाई व्यवसायिक रुपमा अगाडि बढाएका छन् । उनले भने, ‘वैदेशिक रोजगारमा मलेसिया गए । साढे तीन वर्ष काम गरेर स्वदेश फर्किए । ५ जनाको परिवार छ खाली बसे खानको दुःख पर्छ । यस्तोमा कसरी दुई छोराको भविष्य कोर्ने । आएको केही समयमै चिया पसल गर्न थाले । पसलमा रहेको घडी बिग्रेपछि त्यसलाई टायर प्रयोग गरेर बनाए ।

हेर्दा आकर्षक देखिने तथा नयाँ मोडलको घडीको माग पसलमा आउने ग्राहकले समेत गर्न थालेपछि यसलाई व्यवसाय बनाएको न्यौपानेको भनाइ छ । उनले चिया पसल भने छोडि सकेका छन् । गोटाको १०० देखि ५० रुपैयाँ पर्ने टायरलाई घडी तथा कुर्चीमा परिणत गरेपछि १२०० देखि १५०० सम्म बिक्री गर्ने गरेको बताए । खरिद सस्तो परे पनि यसलाई उपयोगी वस्तु बनाउन धेरै मिहिनेत र कष्ट हुने हँुदा मूल्य महंगो पर्न गएको उनले जीकिर गरे ।

सडकमा टायर बालेर प्रदर्शन गर्ने प्रचलन र त्यसबाट हुने वातावरण प्रदूषणलाई निरुत्साहन गर्ने आफ्नो एक प्रयास समेत रहेको न्यौपानेले बताए । यसबाट ठूलो आम्दानी गर्न नसके पनि आत्मसन्तुष्टी रहेको उनको भनाइ छ । उनले भने ठूलो आम्दानी गर्न सकिदैन तर जिन्दगी चलाउन सकिन्छ । उनले भने, ‘पैसा मात्र खाएर के गर्ने, खाने दाल भात नै हो । यही खान पुगे त भैगोनी । आफ्नै आमा, छोराछोरी र श्रीमतीको साथमा छु सन्तुष्ट छु । ’

यी सामग्रीहरु बनाउन उनले भारतको रक्सौलबाट आवश्यक वस्तुहरु ल्याउने गर्छन् । ठूलो आकारको घडी बनाउन यहाँ त्यसअनुसारको घडीको सुई प्रर्याप्त नभएकाले भारतबाट ल्याउने गरेको बताए । साथै उनको श्रीमती शान्ति ढकाल न्यौपानेले श्रीमान्को नयाँ व्यवसाय प्रति खुसी रहेको बताइन् । विदेशमा रहदा अप्ठ्यारो पर्दा श्रीमानको सहयोग गर्न नसकेकी उनले आफूसाथै हुदा सघाउन पाउँदा आनन्द भान हुने बताइन् । स्वदेशमै रहेर काम गर्दा चाडपर्वमा दुई छोरा र आमको मुख उज्यालो हुने गरेको उनको भनाइ थियो । सन्तानलाई पालनपोषण शिक्षा र आमालाई स्यारसुसार गर्न राम्रोसँग पुगेकाले श्रीमान्को कामप्रति सन्तुष्ट रहेको जीकिर गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>