देश/प्रदेश

‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै विरोध प्रदर्शन

Banner

काठमाडौं,जेठ २४-

गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरको यातायात व्यवस्था विभागमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरूलाई पोस्ने काम गरेको आरोप लगाउनुयभो । इम्बोस्ड नम्बर प्लेट जडानमा अर्बौँको स्वार्थ लुकेको भन्दै युवा सङ्घ अध्यक्ष पौडेलले भोलि बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताउनुभयो ।

विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>