देश/प्रदेश
वातावरण दिवस: भक्तपुरमा पोखरीको सरसफाइ
०

भक्तपुर, जेठ २२-
विश्व वतावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर-१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए ।
काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताउँदै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























