चितवन विशेष
दूधपोखरी सम्पर्क समाजमा फेरि होमनाथ न्यौपानेको नेतृत्व

चितवन, जेठ २१-
दूधपोखरी सम्पर्क समाज चितवन र नवलपुरको अध्यक्षमा दोस्रो कार्यकालको लागि फेरि होमनाथ न्यौपाने चयन भएका छन् ।
सम्पर्क समाजको आज भरतपुरमा सम्पन्न दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाले न्यौपानेलाई दोस्रो कार्यकालको लागि फेरि अध्यक्षमा चयन गरेको हो । न्यौपाने भरतपुरको भृकुटी बोर्डिङ स्कुलको सहायक प्रिन्सिपल रहनुका साथै क्रान्तिकारी पत्रकार महासंघमा पनि आवद्ध छन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा गणेश गुरुङ, उपाध्यक्षमा श्रीकृष्ण दवाडी, उपाध्यक्षमा राधा न्यौपाने दवाडी, सचिवमा विनय दवाडी, कोषाध्यक्षमा विष्णुप्रसाद न्यौपाने, सहसचिवमा संगिता दवाडीलाई चयन गरेको छ ।
सम्पर्कको समाजको सदस्यहरुमा हनी गुरुङ, यमबहादुर गुरुङ, सोनी दवाडी, राजु भुजेल, टोकनाथ न्यौपाने, शान्ता दवाडी, बालकृष्ण न्यौपाने, योगेश्वर दवाडी, बिमाया गुरुङ र केशब दवाडी रहेका छन् । त्यसैगरी अधिवेशनले ऋषिराम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिका सदस्यहरुमा सुनिल दवाडी र ईन्द्रबहादुर न्यौपाने रहेका छन् । लमजुङको पूर्वी क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिका क्षेत्रबाट चितवन र नवलपुर क्षेत्रमा आएर विभिन्न पेसा तथा व्यवसाय गरेर बस्ने मानिसहरुलाई एकताबद्ध गर्न २०७५ सालमा सम्पर्क समाजको स्थापना भएको हो ।



























