देश/प्रदेश
गण्डकी सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन
०

पोखरा, जेठ २०-
गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिन लागेपछि पोखरामा विरोध प्रदर्शन भएको छ । गैरसरकारी संस्था महासंघ र नागरिक समाजले मुख्यमन्त्री कार्यालय नजिक बिरोध प्रदर्शन गरेको हो ।
१२ जेठको मन्त्रिपरिषद बैठकले पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन मस्यौदा समिति गठन गरेको छ । उक्त समिति गठन भएपछि समिति नै खारेजीको माग गर्दै विरोध कार्यक्रम गरिएको हो ।
ञप्रदेश सरकारले पूर्वपदाधिकारीहरूलाई सेवासुविधा दिन कानुन ल्याउने तयारी गरेको सुनिएको छ,झ गैसस महासंघका प्रदेश अध्यक्ष गोपाल खड्काले भने, ञराजनीति लाई पेशा नबनाइयोस् । उक्त निर्णय तुरून्त फिर्ता गरियोस् ।झ
कतिपय नवनिर्वाचित जनप्रतिनिधिहरूले पाउने सुविधा सामाजिक क्षेत्रमा दिने र कतिपयले नलिने घोषणा गरेको भन्दै उनले सबैले सोही अभियान चलाउनुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























