Breaking News

जीर्ण बनेको नारायणीको पुल तत्काल निर्माण गर्न एमालेका सांसद कृष्णभक्त पोखरेलको संसदमा माग

Banner

चितवन, जेठ १४-

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले नारायणीको पुल जीर्ण भएकोले तत्काल निर्माण गर्न माग गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै एमालेका सांसद पोखरेलले २०३५ सालमा बनाइएको नारायणी नदीको पुल जीर्ण भइरहेकोले तत्काल अर्काे पुल बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘ नारायणीमा मुख्य पुल निर्माण गर्नुका साथै अन्य दुईवटा पुल पनि बनाउनुपर्छ ।’ उनले शक्तिखोर सुरुङमात्र बनाउन सुरु गर्नुपर्ने माग राखे । उनले चितवनको क्रिकेट रंगशालालाई समन्वय होइन पैसा चाहिएको विचार राखे ।

नीति तथा कार्यक्रममा टिप्पणी गर्दै सांसद पोखरेलले सरकारले ११ पटक मूल्य वृद्धि गरेकोले गरिब, विपन्न वर्गले जीवन चलाउन कठिन भएको बताए । उनले किसानको मलको सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘समृद्धिको आधार मानिएको बुढिगण्डकी परियोजना के भइरहेको छ । त्यसतर्फ सरकारको दृष्टिकोण देखिँदैन ।’ उनले सरकारले बन्द गराउने उद्योग चलाउने भने पनि सबै मेसिन बेचिसकेको बताए । उनले भने, ‘भृकुटी कागज कारखानालगायत बन्द भएका उद्योग चलाउने भने पनि त्यो सम्भव छैन । , त्यहाँको मेसिन सबै बेचिरहेको छ ।’ उनले सरकारको नीति तथा कार्यक्रममा सुुकुमबासी भूमिहिनलाई जग्गा यति समयमा दिन्छौं भन्ने संकल्प गर्नुपर्ने बताए । उनले नीति तथा कार्यक्रममा राखिएको जग्गा किनबेचमा एजेण्ट भनिनु १० धुर जग्गा बेचेर छोरीको विवाह गर्नेहरुलाई सम्भव नभएको बताए । उनले भरतपुरमा एमालेको सरकारले अगाडि सारेको सुविधाजनक टर्मिनल रात्रिकालिन सेवा र विस्तार सहित अगाडि बढोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>