राजनीति

स्वतन्त्र उम्मेदवारको जितलाई हेरेर दलहरु असफल भइसकेँ भन्ने निष्कर्षमा नपुगौं

Banner

काठमाडौं,  जेठ ९-

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं, धरान लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई हेरेर राजनीतिक दलहरु असफल भइसके भन्ने निष्कर्षमा पुग्न नहुने बताएका छन् ।

स्थानीय चुनावको परिणामबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा डा। महतले केही अपवादलाई लिएर पार्टीहरु असफल भइसके भन्ने निष्कर्षमा पुग्न नहुने बताए ।

उनले भने, ‘बेलाबेला विभिन्न खाले हावा चल्छ, मान्छेहरुको यसले केही गर्छ कि हेरिहालौं भन्ने हुन्छ । यसलाई हाम्रो पार्टीले नोटिसमा लिएको छ, नजिबाट हेछौं, कहाँ कमजोरी भयो समीक्षा गर्छौं ।’

के कारणले युवा पङ्ति असन्तुष्ट भए भनेर समीक्षा गर्ने र आगामी दिनमा उनीहरुको भावनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर कोशिस पनि गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>