राजनीति
बालेन्द्र साहले लिए १९ हजार ६१५ मतको अग्रता, केशव स्थापित तेस्रो स्थानमै
०

काठमाण्डौ, जेठ ९ –
काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५ मतले अगाडि हुनुहुन्छ । बालेन्द्र साहले अहिलेसम्म ४६ हजार चार सय ७६ मत ल्याउँदा सिंहले २७ हजार सात सय ९९ मत ल्याउनुभएको छ ।
महानगरमा एक लाख ३५ हजार ६ सय ९३ मत गन्दा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २६ हजार आठ सय ६१ मत पाउनुभएको छ ।
महानगरको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राख्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























