राजनीति

तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको जित

Banner

काठमाण्डौ, जेठ ९ –
तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी हुनुभएको छ ।

उहाँले १२ हजार ७८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभयो ।

न्यौपाने दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित हुनुभएको हो । यस्तै, उपमेयरमा कांग्रेसकी इन्दिरा दरै १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>