राजनीति
धरानका मेयर हर्क राईले लिए शपथ
०

धरान,जेठ ९-
धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले शपथ ग्रहण लिएका छन् । मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्लाका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।
ईनरुवामा सोमबार बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्यायाधीश सुवेदीले शपथ ग्रहण गराएका हुन् । मेयर साम्पाङ शपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए ।
मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने छन्। धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् । साम्पाङ लौरो चिन्ह लिएर चुनावी मैदानमा सहभागी भएका थिए । २० हजार ८ सय २१ मत प्राप्त गरी विजयी भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























