राजनीति

सोचेअनुसार नतिजा नआएपनि गठबन्धन टुट्दैनः माधवकुमार नेपाल

Banner

काठमाडौं,जेठ ८-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने बताएका छन् । उनले गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।

‘हामीले सोचे अनुसारको नतिजा नआएको पक्कै हो, यसबारे समीक्षा हुन्छ’, अध्यक्ष नेपालले भने, ‘तर यही कारण गठबन्धन टुट्दैन ।’ उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघि बढ्ने भन्दै यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेको बताए ।

‘एक महानगर र एक उपमहानगर हाम्रो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै कारण हो, यो एउटा उपलब्धि नै मान्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>