राजनीति

कपिलवस्तु- शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

Banner

चन्द्रौटा, ६ वैशाख –
कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले) की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ ।

शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित हुनुभएको हो । एघार वडा रहेको शिवराजमा सुरुआतदेखि अग्रता बढाउँदै गएका थापा अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहनुभयो । विसं २०७४ को निर्वाचनमा शिवराजको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जितेको थियो ।

तत्कालीन निर्वाचनमा थापा स्वयं राप्रपाबाट उम्मेदवार हुनुहुन्थ्यो । प्रमुखमा पराजित थापा मङ्सिरमा सम्पन्न सङ्घीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लड्नुभएको थियो ।

नगरको उपप्रमुखमा भने शिवकुमारी थारु निर्वाचित हुनुभएको छ । नगरमा रहेका ११ वडामा मिश्रित परिणाम आएको छ । तीन वडा कांग्रेस, तीन एमाले, दुई÷दुई माओवादी र लोसपा, एक वडामा जसपाले जीत निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>