राजनीति

कलाकार तथा फिल्म निर्देशक घिमिरे घोराही उपमहानगरपालिका ४ को वडाध्यक्षमा निर्वाचित

Banner

दाङ, ६ जेठ-

कलाकार तथा फिल्म निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे दाङको घोराही उपमहानगरपालिका-४ को वडाध्यक्षमा विजयी भएका हुन् ।घिमिरेले १ हजार ५२५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत प्राप्त गरे ।

पछिल्लो केही वर्ष उनी गृह जिल्ला दाङ फर्किएर राजनीतिमा सक्रिय छन् । उनी एमालेको घोराही उपमहानगरपालिका-४ को वडाकमिटी अध्यक्ष समेत हुन् ।

तीन दशकको कलकारिता यात्रामा उनले नाटक, टेलिश्रृंखला र ठूला पर्दाको सिनेमाहरुको निर्माण, निर्देशन तथा अभिनय गरेका छन् । ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान् श्रीमती’ घिमिरेले निर्माण गरेका फिल्म हुन् । घिमिरेले फिल्म ‘खबरदार’ र ‘इच्छा’को निर्देशन समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>