राजनीति

विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित

Banner

राजविराज, ५ जेठ –
सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)  नेपालका उम्मेदवार उमेशप्रसाद यादवले तीन हजार १६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँ निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष लिलम्बर यादवले दुई हजार ८११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रेणुकुमारी मण्डलले तीन हजार ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपानेपालका उम्मेदवार उषाकुमारी साहले तीन हजार ४६ मत प्राप्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>