अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहारको आशंकामा बेलायतको कन्जरभेटिभ पार्टीका सांसद पक्राउ

Banner

लन्डन, ४ जेठ-

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् ।

सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ । उनको पहिचान गोप्य राखिएको छ । अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भने । उनले अगाडि थपे, ‘अभद्र व्यवहार, यौन दुव्र्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>