राजनीति

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा माओवादीका पुष्प वादी विजयी

Banner

सुर्खेत, जेठ ४-

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामबमोजिम नगर प्रमुख र उपप्रमुख पदमा माओवादी केन्द्रका पुष्प वादी र ईश्वरीकुमारी शर्मा विजयी भएका छन् ।

कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुखमा माओवादीका वादी ६ हजार ८८२ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए ।

उपप्रमुखमा माओवादीकी ईश्वरी शर्मा सात हजार दुई मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टंकप्रसाद ओलीले पाँच हजार ७४४ मत प्राप्त गरेका छन् ।

१४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाध्यक्ष पदमा माओवादी र तीन वडाका कांग्रेस विजयी भएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>