राजनीति
गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल
०

पोखरा, ४ जेठ-
पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ ।
१, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ । यहाँ १ लाख ४३ हजार मत खसेको छ ।
गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ । सुरुमा ८ ठाउँबाट गनिएको मत १३ ठाउँबाट गन्न थालिएको हो । यहाँ अझै २८ वडाको मत गन्न बाँकी छ ।
अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक गरेर ५ ठाउँमा गणना स्थल थपेको छ । कास्कीका बाँकी ४ पालिकाको नतिजा आइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























