राजनीति
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी
०

काठमाडौं, ३ जेठ-
संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ । मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रहेको छ । संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम गरेको एमालेले मंगलबारबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























