राजनीति

गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्लाउने काम भएको छ: नेम्वाङ

Banner

काठमाण्डौ, जेठ ३ –

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताउनुभएको छ । आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गर्नुभयो । उहाँले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई सबै मिलेर एक्ल्याउने प्रयास भए पनि हामीले दृढतापूर्वक सामना गरेर आएको परिणामबाट म उत्साहित छु । जे भएको छ त्यो गलत भएको छ । गठबन्धन हुन्छ तर त्यो गठबन्धन संसदीय मूल्य र मान्यताको हुनुपर्छ । मूल्य, मान्यता विपरीत भएका गठबन्धनहरू देश र जनताको हितमा हुँदैनन् ।’

यसैबीच उपाध्यक्ष नेम्वाङले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेबारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताउनुभयो ।त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पालिका चुनावको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउनुभयो । उहाँले पालिका चुनावमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक भट्टराईले पालिका चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमको घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताउनुभयो । उहाँले चुनावको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>