राजनीति
जाजरकोटको शिवालय अध्यक्षमा कांग्रेसका शेरबहादुर शाही निर्वाचित
०

जाजरकोट, ३ जेठ-
जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का गीता कुमारी शाही निर्वाचित भएका छन् ।
मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले उछिनेकी छन् । माओवादी केन्द्रका शाहीले दुई हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत मात्रै प्राप्त गरेकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























