अन्तर्राष्ट्रिय
उत्तर कोरियामा भयावह बन्दै कोभिड
०
प्योङयाङ, जेठ २-
उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् । एक साताअघि फैलिएको कोभिडका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ ।
उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् । रोक नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>