अन्तर्राष्ट्रिय

जापानमा विद्यार्थी खेलाडीलाई ह्यान्ड स्यानिटाइजर खुवाइयो

Banner

टोकियो, २७ वैशाख-

जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन् ।

मध्य जापानको यामानाशी प्रिफेक्चर ९जिल्ला जस्तै०मा गत सप्ताहन्तमा आयोजित छात्राहरूको ५ मिटर दौड प्रतियोगितामा आयोजकहरूले भूलवश कपमा खन्याएको सेनिटाइजर धावकहरूको लागि पेय स्टेसनमा राखेका थिए ।

सेनिटाइजरलाई लेबल नगरिएको प्लास्टिकको बोटलमा पिउँने पानी भएको कार्डबोर्ड बक्समा राखिएको यामानशीको हाईस्कूल खेलकुद महासंघले जनाएको छ । मदिरा मिश्रण गरिएको ह्यान्ड स्यानिटाइजर सामान्यतया कोभिड–१९ बाट बचाउन प्रयोग गरिन्छ । महामारी सुरु भएदेखि नै जापान र अन्य देशहरूमा यसको प्रयोग भएको छ ।

सेनिटाइजर पिएपछि एक खेलाडी ढलेर वान्ता गरेका थिए । अन्य दुई जनाले निरन्तर वाकवाक गरेका थिए । घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । सो घटनाबारे तेस्रो पक्षले अनुसन्धान गर्ने यामानाशीका गभर्नर कोतारो नागासाकीले बताए ।

यसअघि भारतमा कोभिडबाट बच्न भन्दै एक व्यक्तिले सेनिटाइजर पिउँदा गम्भीर घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>