देश/प्रदेश
चुनावको दिन सरकारको निर्देशनमा हुने उडान नरोकिने
०

काठमाण्डौ, बैशाख २५ –
आउँदो वैशाख ३० गते शुक्रवार पालिका चुनावको दिन आन्तरिक उडान बन्द हुने भएका छन् ।
निर्वाचन आयोगको निर्णयअनुसार ३० गते शुक्रवार सबै नियमित उडान बन्द रहने वायु सेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ । तर मानवीय उद्धार तथा सहायता उडान र सरकारको निर्देशनमा हुने उडान भने सञ्चालन हुने सङ्घले जानकारी दिएको छ ।
निर्वाचन आयोगको सिफारिसमा सरकारले ३० गते देशभर सार्वजनिक गाडी र हवाई यातायात बन्द गर्ने निर्णय गरेको छ । तर अन्तर्राष्ट्रिय उडान भने नरोकिने र विमानस्थल आउजाउका लागि यात्रुलाई प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























