देश/प्रदेश
कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
०
कैलाली, २५ वैशाख-
कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>