अपराध

युरोप पठाउने भन्दै २२ जनाबाट २ करोड भन्दा बढी रकम ठगी

Banner

काठमाण्डौ, बैशाख २५-
वैदेशिक रोजगार विभागले युरोपका विभिन्न देशमा आकर्षक तलब सुविधासहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई २२ जनालाई ठगी गरेको अभियोगमा एक कन्सलटेन्सी सञ्चालकसहित तीन जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण मुद्दा दायर गरेको छ ।

पोर्चुगल, स्पेन, फ्रान्ससहितका युरोपका देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै २२ जनाबाट २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगी गरेको पुष्टि भएपछि उनीहरू विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँसम्म लिई ठगी गरेको भनी विभागमा परेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले गएको चैत २८ गते जेनियस एजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रा।लिका सञ्चालक सुजन भट्टराईलाई पक्राउ गरेको थियो ।

विभिन्न देशका विश्वविद्यालयहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई परामर्श दिने उद्देश्यले दर्ता भएको कन्सलटेन्सीले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० को प्रावधान विपरीत २२ जनाबाट २ करोड ८८ लाख ४१ हजार ७ सय रुपैयाँ ठगी गरेको पुष्टि भएको विभागले जनाएको छ ।

ठगीमा संलग्न कन्सलटेन्सी सञ्चालक बुटवल घर भएका सुजन भट्टराईसहित लमजुङ बेशिसहर घर भएका तर अहिले काठमाण्डौको नयाँ बसपार्कमा होटल सञ्चालन गरी बस्ने ५० वर्षका मेखबहादुर गुरुङ र यकिन ठेगाना नखुलेका सुनिल लम्सालसहितका व्यक्ति विरुद्ध ठगी गरेको २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको हर्जाना बापत १ करोड ४३ लाख २५ हजार ८५० सहित ४ करोड ७ लाख २३ हजार ५० रुपैयाँमा माग दावीसहित मुद्दा दायर गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>