देश/प्रदेश

आचारसंहिता विपरीत काम गरेको भन्दै केन्द्रिय उपाध्यक्ष र चितवन अध्यक्षसंग भूमी आयोगले सोध्यो स्पष्टीकरण

Banner

काठमाण्डौ , बैशाख २५- 
निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र आयोगका चितवन जिल्ला अध्यक्षलाई आचारसंहिता विपरीत काम गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोगका चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई भरतपुरमा निस्सा बाँडेकोबारे स्पष्टीकरण सोधेको हो ।

आयोगमा प्राप्त उजुरीमा सुकुम्वासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले काम तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिता विपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।

भूमि आयोगले यसअघि नै सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्य स्थगन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>