देश/प्रदेश
भोजपुरमा पनि उम्मेदवारमाथि खुकुरी प्रहार
०

भोजपुर, वैशाख २५-
भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























