अन्तर्वार्ता

इच्छाकामनाका गरिब र दुःखी नागरिकको सेवामा समर्पित हुने मेरो लक्ष्य छ: दानबहादुर गुरुङ

अन्तरवार्ता

Banner

दानबहादुर गुरुङ चितवनका एक चिरपरिचित व्यक्तित्व हुन् ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाबाट अध्यक्ष पदको लागि एमालेबाट दानबहादुर गुरुङले उम्मेदवारी दिएर अहिले चुनावी घरदैलोमा व्यस्त छन् । शिक्षक पेसामा आवद्ध रहेका उनले शिक्षक पेसाबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवार दिएका हुन् । उनले पेन्सन पाक्न चार वर्ष बाँकी रहँदा राजीनामा दिए । उनका अनुसार शिक्षण पेसा पनि सेवाको पेसा हो । तर, पनि समाज सेवा गर्ने शिक्षा भन्दा अर्को क्षेत्र राजनीति हो । त्यस्तै अब बाँकी जीवन राजनीतिमा होमिएर गरिब दुःखी जनताको सेवामा समर्पण गर्ने उनको लक्ष्य छ । यसै लक्ष्यलाई पछ्याउँदै निर्वाचनमा होमिएका गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

किन उम्मेदवार दिनु भएको ?

म नेकपा एमालेबाट सर्वसम्मत उम्मेदवार हूँ । म भन्दा १० औँ ठूला अग्रज नेताहरु हुनुहुन्छ तर उहाँहरुले नै मलाई तिमी सर्वसमत भएर उम्मेदवार देऊ भन्नु भयो । अरु गठबन्धनका जो सुकै भए पनि उनीहरुलाई परास्त गर्ने मेरो प्रतिबद्धता छ । मलाई लाग्छ ३० औँ वर्षदेखि म यहाँ खेलेको हुर्केको भएकोले मलाई यहाँको दुःखसुख अरुलाई भन्दा बढी मलाई थाहा छ । अरु उम्मेदवारले मैले जस्तो यहाँको भूगोल बुझेको छैन । अरुले बुझैका छैन भन्न खोजेको होइन तर यो गाउँपालिकालाई राम्रो सँग मैले बुझेको छु । यो गाँउपालिकालाई म सक्षम बनाउने छु ।

आगामी दिनहरुमा तपाइँले इच्छाकामनालाई कस्तो बनाउने लक्ष्य राख्नु भएको छ ?

पहिलेकोे स्थानीय तहले राम्रो काम गरेको छ भने म त्यसलाई निरन्तरता दिन्छु । अभै थप राम्रा काम म गर्छु । उनले एक सय मिटर बाटो पिच गरेको देखाओस् न उनीहरुले पिच ग¥यो भन्ने प्रमाण छैन । तर म सर्वप्रथम आगामी दिनमा इच्छाकामनाको बाटोघाटोमा नयाँ ट्रयाक ल्याउने छु । सबै सम्पन्न गर्ने छु । म यहाँको मेन बाटो जस्तै फिसलिङकोे बाटो, कुरिनघाट बाट बमेरो जाने बाटो, कुरितटारबाट नयाँ बस्ती हँुदै लामी डाँडा, सरादथोक जार्ने बाटो, तथा तामिङ, म्यागदी खोलाबाट आउने बाटो, केबलकारबाट आउने बाटो , मुगलिङबाट इच्छाकामना जानेबाटो, जलबिरेदेखि चन्डीभन्ज्याङ ढुमरे जाने बाटोहरु सुधार गर्ने छु । मैले यो क्षेत्रको बाटोघाटो कालो पत्रे गर्न नसके पनि रोलिङ गरेर उच्च स्तरको ग्रभेलिङ गर्न सक्छु ।

यहाँको विभिन्न क्षेत्रको विकासमा के गर्नु हुन्छ ?

मैले इच्छाकामना गाँउपालिकाका बासिन्दालाई भनेको छु म यहाँको शासन व्यवस्थाको शासक होइन सबै जनताको सेवक बनेर काम गर्छु । म यहाँको जीवनस्तरलाई कसरी माथि उकास्न सकिन्छ म यसलाई ध्यान दिन्छु । मान्छेको जीवन सुधार्न विज्ञसँग सल्लाह गरेर इच्छाकामनालाई कसरी समृद्ध बनाउने भन्नेमा मेरो ध्यान केन्द्रित हुन्छ । यहाँ होटल व्यवसायी थुप्र्रे साथीहरु छन् र आजसम्म उनीहरुलाई प्रोत्सान गर्ने कुनै काम भएकौ छैन । अब मैले त्यो होटल व्यवसायीहरुलाई सहज हुने गरी विभिन्न ठाउँठाउँमा सूचना राखेर ग्राकहरुलाई राम्रो सुविधा छ भनेर नारायणगढ, काठमाडौँ, सौराहा पोखराबाट आउने पर्यटकले मुगलिङमा खाना खाने तथा, कुरिनटारमा बस्ने योजना मिलाउने छु । पर्यटकलाई इच्छाकामनामा आएर खाजा, खाना खाने सुत्ने व्यवस्था मिलाउदै यहाँको होटल सञ्चालन राम्रो गराउने छु ।

गाउँको शिक्षा क्षेत्रमा रहेर के कस्ता काम गर्नु हुन्छ ?

म गाउँको शिक्षा क्षेत्र राम्रो गर्न दरबन्दीको व्यवस्था गर्ने छु । यदि यस क्षेत्रमा विषय गत तथा तहगत दरबन्दीको प्रयोग सक्यो भने यसले यहाँको शिक्षा क्षेत्रमा आमुल परिर्वतन ल्याउछ । शिक्षा हँुदै सिप सिप हुँदै उन्नती विकास हुन्छ जसबाट हामीले इच्छाकामनाको समृद्ध हुन्छ । म विद्ययालय नआउने बालबालिकाको लागि स्कुलमा विद्ययालय आउने वातावरण मिलाउनेछु । गाँउमै क्यामपस बनाउने छु । विद्यालय भवन बनाउने छु , स्वास्थ्य चैकीको स्तर उन्नती गर्ने छु । गाउँमा भएका गरिब पत्ता लगाएर निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाउने छु । बालबालिकाले भाषा बुझ्ने शिक्षक राख्ने, उनीहरुको रहनसहन बुझ्ने, विद्यार्थीसँग घुल्मिल हुने शिक्षक नियुक्त गर्ने र विकट ठाउँका बालबालिकालाई डे बोडस, छात्रबास, निःशुल्क कापी कलम स्टेशनरीको व्यवस्था गरेर हुन्छ कि कसरी हुन्छ । उनीहरुलाई टिकाएर राख्न जरुरी छ । अन्य भैतिक पूर्वधारका अलवा गाँउगाउँमा शिक्षाको विकास गर्न सक्यो भन इच्छाकामना यसै राम्रो हुने मैले ठान्छु ।

गाउँको कृषि क्षेत्रमा रहेर कस्तो काम गर्नुहुन्छ ?

इच्छाकामनाको दुई तीनवटा गाउँ सुन्तलाको लागि उत्तम क्षेत्र हो । अब आउने दिन यहाँको सुन्तला सारा नेपाल भरी पु¥याउने गरी व्यवस्था गर्छौ । विभिन्न रोगका कारण सुन्तलाको बिरुवा मरेकोले किसान चिन्तित छन् । म यहाँको माटो परीक्षण गरेर दुई तीन वर्षमा सुन्तलालाई कसरी दिगो रुपमा विकास गर्न सकिन्छ त्यसमा केन्दित रहेर काम गर्छु । अनुदानको बजारको व्यवस्थापन गर्न सकिन्छ भन्ने हामी व्यवस्था गर्छौं । तरकारी बजार लाने सहज वातावरण मिलाउने छौं । यसअघि पाँच वर्षको अवधिमा हुनै विकास भएको छैन । वर्षको समयमा तीन महिना बाटो चल्दैन, गाँउपालिकाले जेसीबी किनेको छ तर कहाँ गएर काम गर्छ थाहा हुदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>