देश/प्रदेश

मतदान अधिकृतर सहायक मतदान अधिकृतलाई तालिम

Banner

म्याग्दी, २४ वैशाख –

आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई शनिबारदेखि बेनीमा तालिम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । “धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका पुरै, रघुगङ्गाको ४, ५, ६, ७ र ८ का मतदान र सहायक मतदान अधिकृतलाई शनिबार र बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगङ्गाको १, २ र ३ नम्बर वडाका अधिकृतलाई आइतबार तालिम सञ्चालन गर्दछौँ,” उहाँले भन्नुभयो ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन् । दुईसय पैँतिस पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्र्धामा धन् । मतदान र सहायक मतदान अधिकृत नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको प्रजिअ रानाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>