देश/प्रदेश

नवौँ शताब्दीको पार्वतीको मूर्ति फिर्ता गर्दै अमेरिका

Banner

बैशाख २४-

संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा रहेको येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।

यो मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रवार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।

२०३२ सालमा भक्तपुरको गोलमाडीमा र वीरभद्रेश्वर महादेव मन्दिरबाट मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले मूर्ति प्रदान गरेका थिए ।

मूर्ति नेपालको भएरनभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्युयोर्कमा रहेको महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>