देश/प्रदेश

कवि–पत्रकार तारकिणीका लागि सहयोगको अपिल

Banner

काठमाडौँ, २४ वैशाख-
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाउनुभएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उहाँको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।

तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुनुहुन्छ । उहाँको हाल काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । शल्यक्रियापश्चात पनि वार्षिकरूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीवापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ । तारकिणी हाल न्यूज–२४ नेपालमा कार्यरत हुनुहुन्छ । उहाँका यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता सङ्ग्रह प्रकाशन हुने क्रममा छ ।

प्रतिष्ठानले सुरु गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म रु चार लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजकसमेत रहनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिनुभयो । राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नं ०१०७०१००२४४९७ र एनआइसी एशिया बैंकको सुकेधार शाखामा रहेको खाता नं २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ ।

श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराख्नुभएका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग सङ्कलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वानसमेत गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>