देश/प्रदेश

दाङमा मतदान केन्द्र देखि सुरक्षाकर्मीसम्म महिला कर्मचारीमात्रै खटाइने

Banner

दाङ, बैशाख २४-
दाङमा पालिका चुनावका लागि खटिने कर्मचारीहरुको जिम्मेवारी बाँडफाँट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले प्रत्येक मतदान स्थलमा खटिने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

दाङमा एक सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, २ जना सहायक कर्मचारी र एक जना सहयोगी खटाइएको छ । यसरी एउटा मतदान केन्द्रमा ५ जना सरकारी कर्मचारी हुनेछन् भने ३ जना स्वयम्सेवक खटिने छन् ।

यसैबीच दाङमा ५ वटा मतदान केन्द्रमा चुनाव गराउन महिलाहरुलाई मात्रै जिम्मेवारी दिइएको छ । घोराही १६ को प्रावि सानी अम्बापुर ‘क’ मा मतदान अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सहायक मतदान अधिकृतमा गुप्ताकुमारी अधिकारी, सहायक कर्मचारी ललिता यादव, रीता लामा र कार्यालय सहयोगीमा सरस्वती घर्तीमगर, त्यही विद्यालयको ‘ख’ मा मतदान अधिकृतमा मोतीकुमारी विश्वकर्मा, सहायक मतदान अधिकृतमा विमलाकुमारी पोखरेल, सहायक कर्मचारीमा मञ्जु देवकोटा, अनिता सुवेदी र सहयोगीमा विष्णुकुमारी चौधरी रहनुभएको छ ।

यस विद्यालयको ‘ग’ मा मतदान अधिकृतमा प्रतिभा बोगटी, सहायक मतदान अधिकृतमा रामकुमारी मरासिनी, सहायक कर्मचारीमा कालीका अधिकारी, देवा केसी र सहयोगीमा भुमा ओली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तुलसीपुर ५ मा रहेको अरनिको मैदान ‘घ’ मा मतदान अधिकृतमा माया श्रेष्ठ, सहायक मतदान अधिकृतमा सावित्रा कुमारी गौतम, सहायक कर्मचारीमा झरना बुढामगर, कमला रावत र सहयोगीमा रीता रिजाल रहनुभएको छ ।

त्यस्तै लमही ५ मा रहेको खिमबहादुर मावि कोलही मतदान केन्द्रमा सम्झना शर्मा मतदान अधिकृत, प्रभातरश्मी धिताल सहायक मतदान अधिकृत, सुशीला शाह, पूजा केसी सहायक मतदान अधिकृत र विष्णुकुमारी चौधरी सहयोगी रहनुभएको छ । महिला कर्मचारीहरु मात्रै भएका मतदान स्थलमा महिला प्रहरीहरु मात्रै खटाउने योजना रहेको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । त्यसको तयारी भइरहेको उहाँको भनाइ छ ।

कर्मचारी र सुरक्षाकर्मीहरु आवश्यक चुनावका सामग्रीहरु लिएर यही वैशाख २७ गते बेलुकासम्म मतदान स्थलमा पुग्नेछन् । जिल्लामा २ लाख ९ हजार ९९ जना महिला, २ लाख ७ हजार ९९ जना पुरुष र २ जना तेस्रो लिङ्गी गरी ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् । चुनावका लागि ४ लाख ४३ हजार मतपत्र आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>