चितवन विशेष
चितवनः जिप्रकाबाट पत्रकारलाई सवारीसाधन अनुमति पत्र लिन आग्रह

चितवन, वैशाख २३-
नेपाल पत्रकार महासंघ चितवनमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनबाट सवारीसाधन अनुमति पत्र लिन अनुरोध गरिएको छ । महासंघले आज (शुक्रबार) एक विज्ञेप्ती जारी गरी यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका दिन प्रयोग हुने सवारीसाधन अनुमति पत्र प्रशासनबाट लिन आग्रह गरेको हो ।
विज्ञेप्तीमा उल्लेख भए अनुसार, ‘पत्रकार महासंघ चितवनमा सूचीकृत संचारमाध्यमका प्रतिनिधिले वैशाख २६ गते अन्तिम दिन मानी सवारी पासका लागि महासंघ कार्यालयमा उपस्थित भइ आवेदन दिनुहुन यसै सूचनाका साथ अनुरोध छ ।’
यस्तै सवारीसाधन अनुमति पत्रका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको निवेदन, सवारी चालक अनुमतिपत्रको फोटोकपी, प्रयोग गर्ने सवारीको ब्लूवुकको फोटोकपी लग्नु पर्ने छ । साप्ताहिक पत्रिकाको लागि १ वटा सवारीसाधन, राष्ट्रिय संचारमाध्यमका लागि २ वटा सवारीसाधान, अनलाइन, दैनिक पत्रिका, रेडियो र टि.भीका लागि बढीमा ३ वटा सवारीसाधनलाई अनुमति दिईने छ । अनुमति लिइएको साधनमा सवार व्यक्तिहरु पत्रकार हुनुपर्नेछ ।


























