देश/प्रदेश

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

Banner

विराटनगर, २३ वैशाख-
सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

दुहबी नगरपालिका(९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार(प्रसारका क्रममा ठूलो आवाजमा डिजे बजाएको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।

उनका अनुसार शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेस वडा अध्यक्ष उम्मेदवार मेहदी हुसेनको घर आसपास एमाले उम्मेदवार ताबिज हुसेनसहितले ठूलो आवाजमा डिजे (गीत) बजाएको भन्दै विवाद सुरु भएको थियो । विवादपछि आक्रोशित भिडले साउण्ड सिस्टमा राखिएको गाडीमा तोडफोडपछि झडप भएको थियो।

झडपछि घटनास्थलमा भेला भएको भिडलाई प्रहरीले नियन्त्रणमा लिएको र सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी प्रमुख थापाले बताए । उनले थप झडपको अवस्था आउन नदिन दुवै पक्षलाई छलफलमा बोलाएको बताए । ‘सामान्य विवाद भएको हो,’ उनले भने ‘थप विवाद हुन नदिन दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>