देश/प्रदेश

क्यानडा पठाउने भन्दै ठगी गरेको अभियोगमा आमाछोरी विरुद्ध मुद्दा दायर

Banner

काठमाण्डौ, बैशाख २३ –
वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा दुई जना व्यक्ति उपर वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ ।

पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने भन्दै कास्कीका सदीक्षा गुरुङ र उहाँकी आमा ६२ वर्षीय खिनशोभा गुरुङ उपर ४१ लाख ४२ हजार ५ सय रकम लिएर ठगी गरेको अभियोगमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

ठगीको रकममा २० लाख ९१ हजार २ सय ५० हर्जनासहित विभागले ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल उपरको दाबीसहित न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ ।

ठगीको जाहेरीका आधारमा आमाछोरी सदीक्षा गुरुङ र खिनशोभा गुरुङलाई गएको चैत्र २४ गते पक्राउ परेका थिए । वैदेशिक रोजगार विभागका अनुसार उनीहरूले ठगी गरेको पुष्टि भएकाले रकम असुल उपरका लागि न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>