देश/प्रदेश

नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत जम्मा गर्यो साढे १३ हजार केजीभन्दा बढी फोहोर

Banner

काठमाडौं, वैशाख २३-

नेपाली सेनाले चार वटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो ।

सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको फोहोरमध्ये १ हजार ५१३ केजी सड्ने खालको रहेको छ भने १२ हजार २६८ केजी नकुहिने खालको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>