देश/प्रदेश

अध्ययनका लागि भारत गएका २६ वर्षीय गोपाल खड्का बेपत्ता

Banner

रुकुम पश्चिम, बैशाख २३-
अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा एक हप्तादेखि बेपत्ता भएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ का २६ वर्षीय गोपाल खड्का एक हप्तादेखि भारतमा बेपत्ता हुनुभएको हो ।

भारतको देहरादुनमा रहेको अल्पाइन इन्सिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहेका खड्का गएको शुक्रवारदेखि हराउनुभएको उहाँका बुबा चिताराम खड्काले बताउनुभयो ।

परीक्षा सकेर नेपाल फर्किँदै गर्दा गोपाल हराउनु भएको हो । गोपालको खोजीका लागि नेपाल सरकारमार्फत भारतीय राजदूतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म पत्ता लागेको छैन।

कहीँकतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरी समक्ष जानकारी गरिदिन गोपालको परिवारले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरुः ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>